स्याङजामा २२ जनासहित गण्डकी प्रदेशमा थपिए ३७ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका स्याङजा, पर्वत, तनहुँ र वर्दघाटमा गरी ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशको स्याङजामा २२ जना, पर्वतमा १३ जना, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र तनहुँका १ १ जनामा गरी कुल ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

More News last news
Loading...