काठमाडौं । तत्कालीन दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकीकृत केन्द्रीय समिति गठन गरेको छ ।
विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको सो पार्टीले जनाएको हो ।
त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी सो पार्टीले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
