२५० जनामा कोरोना कोरोना पुष्टि, ४६सय नाघे संक्रमित

काठमाडौँ । नेपालमा आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।  नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् ।

Advertisement

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुनेको संख्या ८६१ पुगेको छ भने हालसम्म १५ जनाले ज्यान गुमाएका छन् ।

More News last news
Loading...