कोरोनाको लक्षण देखिएपछि दिल्लीका मुख्यमन्त्री केजरीवाल आइसोलेसनमा

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कोरोना भाइरसको लक्षण देखिएपछि आइसोलेसनमा बसेका छन् ।

आइतबारदेखि ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी आइसोलेसनमा बसेका हुन् । आइतबार साँझ प्रेस कन्फ्रेन्स गरेरै उनले आफूलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले आइसोलेसनमा बसेको जानकारी दिएका हुन् ।

Advertisement

कोरोना रोकथामका लागि उनी निरन्तर बैठक र अस्पतालको अनुगमन र निरीक्षण गर्दै आएका थिए ।

More News last news
Loading...