स्याङ्जाका कोरोना संक्रमित ब्यक्तिको पोखराको आइसोलेसनमा मृत्यु

काठमाडौं । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा कोरोना संक्रमित एक ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका एक ६० बर्षीय पुरुषको प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको हो ।

Advertisement

मृगौला रोगबाट पीडित उनी भारत उपचारको क्रममा रहेको र उपचार सम्भव नभएपछि नगरपालिकाले नै जेठ २२ गते उद्धार गरेर सुनौलीबाट स्याङजासम्म ल्याईएको वालिङ नगरपालिका नगरप्रमुख दिलिप प्रताप खाणले जानकारी दिए ।

उनका अनुसार ल्याएपछि पनि अवस्था एकदमै नाजुक भएकोले भोलीपल्ट सबै रिर्पोट हेरेर परिवारसँग समेत सम्पर्क गरी भोलीपल्ट जेठ २३ गते नै पोखरा रिफर गरिएको थियो ।

उनको पोखरामा गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

 

More News last news
Loading...