काठमाडौं । आइतबार एका बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १४ जना, वाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी वर्दघाट सुस्ता पुर्वमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जा भेटिएका १४ जना संक्रमितमध्ये १३ जना वालिङ न.पा. र १ जना भिरकोट न.पा.का. रहेका छन् । यस्तै वाग्लुङका वडिगाउँ गा.पा र ढोरपाटन न.पा, गोरखाका पालुङटार न.पा. र गण्डकी न.पा का रहेका छन् भने नवलपरासीका हुप्सेकोट गा.पा.का रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
