नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३, संक्रमितको संख्या ३२०० नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार मात्र २ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । यसअघि नेपालमा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

Advertisement

शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। डोल्पाको जगदुल्लाका एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो। उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन्। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

यसैबीच शनिवार थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । जसमध्ये ३६५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

More News last news
Loading...