काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।
संक्रमितमध्ये ३६५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
