खेम सेन्चुरी र शान्ति श्री परियारको ‘कामी दाईको छोरो’ (भिडियो)

काठमाडौं । लोक तथा दोहोरी गायक खेम सेन्चुरीको प्रतिक्षित गीत ‘कामी दाईको छोरो’ सार्वजनिक भएको छ ।

अन्तरजातीय प्रेम सम्बको कथामा आधारित गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीत बजारमा आउनु भन्दा पहिला टिक टकमा हिट भएकाले पनि दर्शक स्रोताले एकदमै प्रतिक्षा गरेका थिए ।

Advertisement

गीतमा प्रेम गरेका जोडीलाई जातकै कारणले एक हुन नसकेपछि संगै मृत्युुवरण गरेको भावलाई समेटिएको छ । अनिश दवाडीको शब्द संगीतमा तयार पारिएको गीतमा सेन्चुरी र सुमधुर स्वरकी धनी शान्ति श्री परियारको स्वर रहेको छ ।

प्रेम गरेका जोडीले माया गरेरपनि जात नमिलेपछि संगै हुन डराईरहेको र छुट्टिएर बाँच्नपनि नसकेपछि संगै मृत्युवरण गरेका छन् । गीतले समाजको एक यथार्थ चित्रण गरेको छ । गीत गायक सेन्चुरी कै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

More News last news
Loading...