काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको को नतिजा आज (शनिबार) राति सार्वजनिक हुँदैछ ।
आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो ।
डिभीको नतिजा dvprogram.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।
यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।
गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो । दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
