काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गत चार दिनअघि लकडाउनकै बीच परिवारसहित भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाले आफू र आफ्नो परिवारको कोरोना परिक्षण गराएकी थिइन् । परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको हो ।
अहिले उनी परिवारसित राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी छन् । विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार मनिषा घर नगई आफ्ना बुवाआमासँगै होटलमा बसेकी छन् ।
क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन् । गएको केही महिनादेखि माता पितासँग भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री मनिषा भैरहवा (बेलहिया) नाका हुँदै नेपाल भित्रिएकी थिइन् ।
नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडियाले मनिषाको व्यापक आलोचना गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
