काठमाडौं । लोकगायक नरेश खातीको लय तथा शब्दमा ‘माया मारेर’ बोलको गीत सार्बजनिक भएको छ ।
मार्मिक शब्द रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गायक खातीले लकडाउनका बेलामै आफ्नो युट्युबबाट गीत रिलिज गरेका हुन् । गीतले माया र प्रेममा परेपछि छुट्न कति कठिन हुने सन्दर्भलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।
गायक खातीको यसअघि ‘मेरी छोरी’ बोलको गीतले राम्रो लोकप्रियता पाएको छ । यो गीतलाई पनि दर्शक श्रोताले मन पराउने गायक खातीको विश्वास छ । म्युजिक भिडियोको निर्देशन पनि गायक खातीले नै गरेका छन् ।
भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । गीतको भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
