काठमाडौं । गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १० जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
यस्तै स्याङ्जामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा आठ जना पुरुष १६ वर्षदेखि ५४ वर्षका पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष रहेका छन्।
यस्तै, बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८,१९ र २७ वर्षीय पुरुष रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
