काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् गंगा चौधरीले दिएको अभिव्यक्तिलाई सामाजवादी पार्टीकी सांसद सरिता गिरीले घृणा फैलाएको अभिव्यक्तिको शंज्ञा दिएकी छिन्।
उनले शुक्रबार प्रतिनिधिसभाको संसद् बैठकमा बोल्दै उक्त अभिव्यक्तिप्रति कारबाहीको माग गरेकी छन्।उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन्।
उनले भनिन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ। र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्।’
सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन्।
त्यस्तै अर्की सांसद् अमृता देवी अग्रहरीले पनि सरिता गिरीको समर्थन गर्दै चौधरीमाथि खनिइन्। अग्रहरीले चौधरीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने प्रतिक्रिया दिइन्।
उनले संसद्मा यसो भनिरहँदा अन्य सांसद्ले उठेर विरोध जनाए। संसद्मा हंगामा हुन थालेपछि सभामुख अग्नी सापकोटाले सबैलाई बस्न आग्रह गरे। सभामुख सापकोटाको आग्रह पछि अरु सांसद बसे । तर सांसद् अग्रहरी देवीले भने चौधरीको आलोचना गर्न छोडिनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
