काठमाडौं । नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा थप २७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिदैं कुल ६८ जिल्लामा संक्रमण फैलिएको जानकारी गराएका हुन् ।
हालसम्म प्रदेश नं १ का १२ जिल्लामा २४२, प्रदेश नं २ का ८ जिल्लामा ९९३, वाग्मती प्रदेशका १२ जिल्लामा ८५, गण्डकी प्रदेशका ९ जिल्लामा ५७, प्रदेश नं ५ का ११ जिल्लामा ९६५, कर्णाली प्रदेशका ७ जिल्लामा ४७९ र सुदुरपश्चिमका ९ जिल्लामा ९१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
यस्तै नेपालमा कोरोनाबाट संक्रमितको कुल संख्या २९१२ पुगेको छ। संक्रमितमध्ये ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
