गण्डकी प्रदेशको तनहुँमा थप दुई जनामा कोरोना

काठमाडौं । गण्डकी प्रदेशको तनहुँमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकामा वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

Advertisement

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । तनहुँमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

More News last news
Loading...