काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बिहिबार थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।
प्रादेशिक विवरण :
प्रदेश १ : १९७
प्रदेश २ : ९६३
बाग्मती प्रदेश : ५९
गण्डकी प्रदेश : ५३
प्रदेश नं ५ : ८९८
कर्णाली प्रदेश : ३८३
सुदुरपश्चिम प्रदेश : ८१
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
