काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
