नेपालका ६१ जिल्लामा फैलियो कोरोना, १८२५ जना आइसोलेसनमा

काठमाडौं । नेपालका ६१ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा हालसम्म ६१ जिल्लामा संक्रमित भेटिएको जानकारी दिएका हुन् । उनका अनुसार मंगलबार २८८ जनामा संक्रमण भेटिएसँगै ६१ जिल्लामा गरेर नेपालका कुल संक्रमितको संख्या २०९९ पुगेको छ ।

Advertisement

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १ लाख ४५ हजार भन्दा वढी क्वारेन्टाइनमा रहेका छन् भने १८२५ जना आइसोलेसनमा छन् । यसैगरी हालसम्म १ लाख १६ हजार ३ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको छ भने ७५ हजार ३ सय ४३ जनाको पिसिआर टेष्ट गरिएको छ ।

हालसम्म २६६ जना सफल उपचारपछि घर फर्केका छन् कोरोना भाइरसबाट ८ जनाले ज्यान गुमाएका छन् ।

More News last news
Loading...