काठमाडौं । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमामा बसेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० का १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाएको छ ।
यसैगरी पर्वतमा पर्वतमा पहिलो पटक संक्रमण देखिएको छ ।
पर्बतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
