नेपालका ५९ जिल्लामा फैलियो कोरोना, थप २२६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको कुल संख्या १७९८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ।

Advertisement

बिराटनगरको परीक्षणमा २ जना जना, पोखरा प्रयोगशालामा २ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा ४३ जना, प्रदेश अस्पताल सुर्खेतमा ३२ जना, धुलिखेल अस्पतालको परीक्षणमा २० जना, भेरी अस्पतालको परीक्षणमा ७ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा ९ जना, राष्टिय प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना, सेती अञ्चल अस्पतालको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ।

More News last news
Loading...