काठमाडौँ । गृह मन्त्रालयले ४४ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (उपसचिव सहसचिव) दरबन्दीसहित ४४ जना सिडिओको सरुवा गरेको हो ।
जेठ १८ गते भएको गृह मन्त्रालयको मन्त्री स्तरको निर्णयबमोजिम मन्त्रालयलगायत विभिन्न कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकाको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।
बर्दियाका सिडिओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुङ्गाका सिडिओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक सिडिओ जीवन आचार्यलाई सङ्खुवासभाको सिडिओमा पठाइएको छ ।
जिल्ला प्रशासन कार्याल्य डोटीका सिडिओ रहेका टेकनारायाण पौडेललाई अध्यागम विभागमा सरुवा गरिएको छ ।
डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई सहायक सिडिओको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
