काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ ।
उनको रिपार्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो ।
भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ भने कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
