स्याङ्जामा थप दुई जनामा कोरोना पुष्टि, तनहुँमा भेटिए पहिलो संक्रमित

काठमाडौं । स्याङ्जामा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ स्थायी ठेगाना भएका र सोही नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका २७ र ४० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

Advertisement

यो सँगै स्याङ्जामा मात्र कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि पनि स्याङ्जामा ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो। तनहुँमा कोरोना पुष्टि भएको यो पहिलो हो ।

यसैगरी गण्डकी प्रदेशमा विभिन्न जिल्लामा गरी कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमध्ये ३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

More News last news
Loading...