काठमाडौं । कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
हिजो ५२ जना एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ ।
कपिलबस्तुको महाराजगञ्ज नगरपालिकामा ३३ जना, कृष्णनगर नगरपालिकामा १६ जना, यशोधरा गाउँपालिका २८ जनामा पनि संक्रमणको पुष्टि भएको छ ।
भारतबाट आएर कपिलवस्तुका क्वारेनटाईमा बसेकाहरुमा धमाधम संक्रमण देखिन थालेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
