काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) संसदबाट अनुमोदन नभएसम्म त्यससँग सम्बन्धित सबै काम रोकिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राक्ने समझदारी बनेको बताए।
बैठकमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनु भएअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडि बढ्ने बताएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
