काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्कनेको संख्यामा पनि वृद्धि भएको छ ।
आज मात्र दाङबाट आठ जना, पाटन अस्पतालबाट सात जना, काठमाण्डौको टेकु अस्पताल र बलम्बुको अस्पतालबाट दुई/दुई जना गरी १९ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा एक सय ६२ जना पुरुष र ४४ जना महिला गरी कोरोना जित्नेको सङ्ख्या दुई सय ६ पुगेको छ । नेपालमा अहिलेसम्म ५२ जिल्लामा सङ्क्रण देखिएकोमा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १२ पुगेको छ ।
आज थप एक जनाको कोरोनाको कारण ज्यान गएको पुष्टि भएसँगै कुल मृतकको सङ्ख्या ६ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
