स्याङ्जामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ स्थायी ठेगाना भएका र सोही नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीया महिला गरी तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

Advertisement

स्याङ्जामा मात्र कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि पनि स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ८८९ पुगेको छ ।

बुधबारसम्म ८८६ जना कोरोना संक्रमित रहेका थिए । जसमध्ये ८३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

More News last news
Loading...