युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपतिको निर्देशन, त्रासमा भारत (भिडियो)

बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई तालिम र युद्धको तयारी तीव्र पार्न निर्देशन दिएका छन्। उनले सबैभन्दा अप्ठेरो परिस्थितिलाई ध्यानमा राखेर तयारी गर्न र मुलुकको सार्वभौमसत्ताका लागि बलियो तरिकाले खट्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

Advertisement

चीनको सरकारी न्युज एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार पिपुल्स लिबरेशन आर्मी तथा पिपुल्स आम्र्ड पुसिल फोर्सको डेलिगेशनको प्लेनरी मिटिङमा यस्तो बताएका हुन्।

उनले कुनै पनि खतराका विषयमा उल्लेख गरेनन्, तर चीन र भारतबीचको सिमानामा भारत र चीनका जवानबीच तनाव जारी गरेको बेला उनको यस्तो भनाइ आएको हो।

More News last news
Loading...