राहत वितरणको बिषयमा नेकपा र कांग्रेसबीच कुटाकुट, गोली चल्यो

काठमाडौं । राहतको विषयमा सिरहामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ।

गोली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ।

Advertisement

उनीसँगै गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ। आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए।

उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको स्थानीयको आरोप छ। झडपमा दुवै पक्षका करिब डेढ दर्जन घाइते भएका छन् ।

More News last news
Loading...