काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। बाराका ६, हेटौँडाका १, धरान १ र भक्तपुरमा १ गरी थप ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ। बाराका कोरोना संक्रमित पुष्टि भएका ६ जना सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन्।
संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन्।
त्यस्तै हेटौँडा ३ की ५४ वर्षीया महिला, भक्तपुरकी ४२ वर्षीया महिला र सप्तरीका ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
