नेपालमा कोरोना संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्युु 

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

१ सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।

Advertisement

वुधबार एकाएक उनको मृत्यु भएको समाचार बाहिरिएपनि अस्पताल प्रशासनले एक बिज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो ।

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५ जना उपचार पश्चात घर फर्केका छन् ।

More News last news
Loading...