काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालले उपचारका क्रममा गुल्मीका कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ ।
अस्पतालले बुधबार दिउँसो विज्ञप्ती जारी गर्दै बिरामीको निधन नभएको जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आफ्नो नियमित पत्रकार सम्मेलनमा ती बिरामीलाई भेन्टिलेटरमा राखिएको तर उनको निधन नभएको प्रष्ट पारेको छ ।
बुधबार बिहान बिभिन्न लोकप्रिय सञ्चारमाध्यमहरुले समेत उनको मृत्यु भईसकेको भनेर समाचार सम्प्रेषण गरेका थिए । जसप्रति मन्त्रालयले समेत यसरी भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्न आग्रह गरेको थियो ।
गुल्मीका ४१ वर्षका पुरुषको १ सातादेखि अस्पतालमा उपचार भइरहेको उनको निधन भएको समचार भ्रमपूर्ण र अतिरञ्जित भएको अस्पतालले जनाएको हो ।
अहिले उनको अवस्था गम्भीर रहेको र आइसियू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
