काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बाँकेमा ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा कोरोना पोजेटिभ भएको पाइएको हो ।
यसैगरी, मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना र रौतहट, दाङ र धादिङका एक/एक जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै १८ देखि ४६ वर्ष उमेर समूहका रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।
यसअघि, सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
