काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
