काठमाडौं । नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरि निवासी उत्तम कार्कीलाई पक्राउ गरेको हो ।
शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए।
परिचयपत्र देखाउँदापनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक डा. कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने ब्यापक विरोध समेत भएको थियो ।
जसका कारण आइतबार बिभिन्न मिडियाहरुमा समाचार सम्प्रेषण भएपछि प्रहरीले यसमा चासो देखाएको थियो । पक्राउ परेका उत्तमलाई कानुन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
