काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी २९ बर्षीय महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिदै छ ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटको विद्युतीय शवदाह शव मार्फत दाहसंस्कार गरिदै छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।
उनको दाहसंस्कारमा परिवार सदस्यका एक जना मात्र सहभागी भएको बुझिएको छ । यसैगरी धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि आर्यघाट पुगेका छन् ।
शवलाई नेपाली सेनाले स्कर्टिङ गरेर चिकित्सकको टोलीसहित महिलाको शवलाई काठमाडौं ल्याईएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
