काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिवार राती २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा धनुषा निवासी २० र ६५ बर्षीय २ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितको अवस्था सामान्य छ ।
संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
