स्वास्थ्य मन्त्रालयले भन्यो-सिन्धुपाल्चोककी महिलाको मृत्युबारे जाँच हुँदै छ

काठमाडौं । सिन्धुपाल्चोककी एक महिलाको मृत्युको कारण कोभिड-१९ नै भएको अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिदैं ती महिलाको कोरोनाले मृत्यु भएको हो वा होइन भन्ने परीक्षण भइरहेको बताए ।

Advertisement

सिन्धुपाल्चोककी एक महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए ।

यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने देवकोटाले बताए ।

More News last news
Loading...