महोत्तरी र काभ्रेमा भेटियो १/१ जनामा कोरोना भाइरस

काठमाडौं । थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र महोत्तरीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

Advertisement

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।

More News last news
Loading...