काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट भएको छ ।
तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन ।
हेर्नुहोस् लाईभ भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
