थप एक जना कोरोना संक्रमित उपचारपछि घर फर्के

काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो ।

२७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर गएका हुन् ।  त्यस्तै, आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराएका हुन् ।

More News last news
Loading...