काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको पहिलो प्राथमिकता नेपाललाई कोरोनामुक्त बनाउनु रहेको बताएकी छिन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको दाबी गरिन् । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
रोग प्रतिरोधी क्षमता बढाउने
यस्तै, नीति तथा कार्यममा नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना अघि सारिएको छ । भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति रहेको बताएकी छिन् ।
रोजगारी गुमाउनेका आय आर्जन मुलक कार्यक्रम ल्याउने
त्यसैगरी, महामारीको कारण रोजगारी गुमाउनेका लागि सरकारले आयआर्जन मुलक कार्यक्रम ल्याउने भएको छ । कोरोनाको कारण रोजगारी गुमाएको लागि रोजगारी सृजना गर्न सीप विकास तालिम लगायत आयआर्जन मुलक कार्यक्रम कार्यक्रम ल्याउने राष्ट्रपति भण्डारीले बताईन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
