काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सबै एकजुट हुनुपर्ने बताएकी छिन् ।
संघीय संसदको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । उनले जोखिमपूर्ण अवस्थामा सेवा गर्ने चिकित्सक, सुरक्षकर्मी, एम्बुलेन्स चालक र अत्यावश्यक सेवा आपूर्ति गर्ने सबैको प्रशंसा पनि गरिन् ।
उनले यस बर्षको बजेटमा सरकारले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकताको राखेको बताईन् । देश महामारीको अवस्थामा रहेकोले स्वास्थ्य सरकारको मुख्य प्राथमिकतामा परेको उनको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
