काठमाडौं । छिमेकी राष्ट्र भारतले नेपाली भूमी मिचेको प्रति सन्देशमुलक गीत सार्बजनिक भएको छ ।
चर्चित सर्जक रमेश बि.जी.को रचनामा बरिष्ठ गायक नारायण रायमाझी र शान्ती श्री परियारको स्वरमा ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुल बाटो’ बोलको गीत सार्बजनिक भएको हो । छिमेकीले नेपाली भूमीमा बाटो बनाएपछि मौन रहेको सरकारलाई घचघच्याउन गीतले महत्वपूर्ण भूमिका खेल्नेछ ।
गीतले आफ्नो भूमी मिचेको प्रति दुख ब्यक्त गर्दै गोरखालीहरुको छाती पनि कमजोर बनेको र आफ्नो माटो जोगाउन सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ । विगतमा नेपालकै रहेका कालापानी, लिपुलेक, सुस्ता लगायतका धेरै भूमी छिमेकी राष्ट्र भारतले कब्जामा लिएर उठिबास लगाएको गीतमा उल्लेख गरिएको छ ।
आफ्नो माटो जोगाउनका लागि बलभद्र र अमरसिंह पुन: जन्मनुपर्ने गीतको सन्देश छ । गीतको संगित संयोजन
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
