काठमाडौँ। थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँ, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
