टिचीङ अस्पतालका चिकित्सक र नर्ससहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं । बिहिवार ६ वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालमा उपचाररत बालिकामा एक्कासी कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो । ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

Advertisement

न्यूरो वार्डमा उपचाररत उनलाई बिहीवार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यससँगै न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । अति संवेदनशील बाहेकका बिरामीहरुलाई आफन्तहरुले घर फर्काउन थालेका छन् ।

More News last news
Loading...