नवलपरासीमा पनि भेटिए एक संक्रमित, २४६ पुग्यो संक्रमितको संख्या

काठमाडौं । नेपालमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणअनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २४६ पुगेको छ । सङक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यी मध्ये ३५ जना उपचारपछि निको भएका छन् ।

More News last news
Loading...