नेपालमा कोरोना संक्रमित दुई सय ४५, मन्त्रालयले सच्चायो गल्ती

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

मन्त्रालयले आफैँले सार्बजनिक गरेको सूचना गल्ती भएको भन्दै पुनः सच्याएको हो । आज बिहानै २ पटक सूचना निकालेर ७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको मन्त्रालयले संक्रमितको संख्या २४५ नै भएको बताएको छ ।

Advertisement

बिहीबार विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो । तर उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेर मन्त्रालयले संक्रमित संख्या सच्याउँदै दुई सय ४५ रहेको बताएको हो।

यसअघिको समाचारमा मन्त्रालयको विज्ञप्ति अनुसार समाचार सम्प्रेषण गर्ने क्रममा २ सय ५० जना भनी समाचार सम्प्रेषण गरिएकोका सच्चाईएको छ । -सम्पादक 

More News last news
Loading...