भारतले नेपाली भूमि मिचेर बनाएको क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाइरहेको नजिकै दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना भएको हो।

Advertisement

गत कात्तिकमा भारतले  लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि समेटर राजनीतिक नक्सा प्रकाशित गरेपछि सरकारले त्यहाँ बीओपी स्थापाना गर्ने बताएको थियो। तर पोष्ट  बुधबार स्थापना गरेको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन गरिएको हो।

सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन गरेको निर्णयअनुसार सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ।  

More News last news
Loading...